नेपाल बैंकको खुद नाफा २ अर्ब ६१ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 06:32:39 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बैंकले Nepal Bank Limited  ले गत आर्थिक बर्ष २ अर्ब ६१ करोड खुद नाफा गरेको छ। आर्थिक बर्ष ७४/७५ मा बैंकले ३ अर्ब २१ करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा घटेको हो।

नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड रेट कायम गर्नुपर्ने भएकाले बैंकको मुनाफा घट्न पुगेको छ। यद्दपी बैंकले चालू आर्थिक बर्षमा कर्जा असुलीमा आक्रामक नीति अख्तियार गरेको छ।   

बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४५ करोड रहेको छ । यस हिसाबले बैंकले ३५ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर नियामकीय पुनरावलाेकन र थप प्राेभिजन तथा विगतकाे संचित वितरणायाेग्य मुनाफाकाे आधारमा वास्तविक लाभांस क्षमता फरक पर्न सक्नेछ ।

हाल बैंकको चुक्ता पुंजी ९ अर्ब ८१ करोड रहेको छ । १ खर्ब १७ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ९५ अर्ब ४३ करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष १३ अर्ब ३४ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा घटेर ६ अर्ब १७ करोड पुगेको छ । बैंकको खराब कर्जा २.५१ प्रतिशत रहेको छ  । 

त्यस्तै बैंकको  प्रतिशेयर नेट वर्थ ३००.०५  रुपैयाँ, प्रति शेयर आम्दानी २७.१५ रुपैयाँ,  ब्याजदर अन्तर ( स्प्रेड रेट) ४.४५ प्रतिशत, आधार ब्याजदर ७.९८ प्रतिशत, पुँजीकोष अनुपात १७.४१ र  कोषको लागत ५.५० प्रतिशत रहेको छ  ।  


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved