फरवार्ड कम्युनीटी माइक्रोफाइनान्सको नाफा ३१ करोड, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 07:08:07 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षमा फरवार्ड कम्युनीटी Forward Community Microfinance Bittiya Sanstha Limited को खुद नाफा १५.०६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा कम्पनीको खुद नाफा २६ करोड ९७ लाख ६६ लाख रहेकोमा गत आर्थिक वर्षमा ३१ करोड ४ लाख १२ हजार खुद नाफा कमाएको छ ।  

माइक्रोफाइनान्सको आम्दानीको मुख्य १२.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६३ करोड ८८ लाख ६३ हजार रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर ७५  करोड २० लाख ७८ हजार पुगेको छ । ३७ करोड ७६ लाख ७२ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८८ करोड ९२ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षमा ६३ करोड १० लाख १९ हजार रहेको जगेडा कोष ३९.४७ प्रतिशले बढेको हो । 

४ अर्ब ६२ करोड १६ लाख ५९ हजार निक्षेप संकलन माइक्रोफाइनान्सले अन्य बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ०१ करोड ५४ लाख ५४ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । भने १० अर्ब ६ करोड ८९ लाख ६८ हजार कर्जा लगानी गरेको छ ।  

माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ८२ रुपैयाँ १९ पैसा, निष्क्रिय कर्जा अनुपात ०.४७ प्रतिशत, मूल्य आम्दानी अनुपात १८.१२ गुणा, पुँजी पर्याप्तता अनुपात १२.२९ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३३३ रुपैयाँ ०३ पैसा र कोषको लागत ९.७४ प्रतिशत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved