
गत आर्थिक वर्षबाट सञ्चालनमा आएको नेपाल इन्फ्रास्टकचर बैंकले ६७ करोड १ लाख ५९ हजार खुद मुनाफा कमाएको छ । बैंकले ६७ हजार नेपाल राष्ट्र बैंकले तोकेको शिर्षकमा रकम विनियोजन गरेपछिको वितरणयोग्य मुनाफा भने ६७ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
१२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्कासन गरेर २० अर्ब चुक्ता पुँजी बनाउनेछ । जगेडा कोषमा ७८ करोड ९८ लाख ६० हजार राखेको बैंकले २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै ७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले १२ करोड २७ लाख लगानी सुरक्षको लागि खर्च गरेको छ । ८ अर्ब ५३ करोड ६५ लाख ९ हजार अन्य बैंक तथा वित्तीय संस्थामा राखको छ ।
नेपाल सरकारको समेत लगानीमा पुर्वाधार विकासमा लगानी गर्ने उदेश्यले सञ्चालनमा आएको बैंकले कुनै पुर्वाधारमा लगनी नगरेकोले आफुसँग भएको स्रोत बैंकमा राखेको देखिन्छ । जसबाट प्राप्त भएको ब्याज आम्दानीबाट बैंकले ६७ करोड माथि नाफा कमाएको हो ।
बैंकले १ अर्ब १३ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेको छ ।