
आइसिएफसि ICFC Finance Limited ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गर्दै १३ करोड ८९ लाख ८६ हजार खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्ष (२०७४/०७५) को तुलनामा गत आर्थिक वर्ष ४१.३३ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ९ करोड ८३ लाख ४१ हजार खुद मुनाफा कमाएको थियो।
यस अवधिमा फाइनान्सको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी पनि ३०.२३ प्रतिशतले वृद्धि भई ३५ करोड ४६ लाख ४२ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनानसको खुद ब्याज आम्दानी २७ करोड २३ लाख २० हजार रहेको थियो ।
८८ करोड २१ लाख रुपैयाँ चुक्ता पुंजी रहेको फाइनान्सको जगेडा कोषमा ३५ करोड १४ लाख रहेको छ । गत असाार मसान्त सम्ममा फााइनान्सले १० अर्ब ९३ करोड निक्षेप २८ लाख निक्षेप संकलन गरि ८ अर्ब ७१ करोड ३४ लाख कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ८ अर्ब ८७ करोड ८५ लाख निक्षेप संकलन गरि ६ अर्ब ९८ करोड ६८ लाख कर्जा प्रवाह गरेको थियो।
फाइनान्सको प्रति सेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा, प्रति सेयर नेटवर्थ १३९ रुपैयाँ ४४ पैसा, मुल्य आम्दानीको अनुपात १०.६६ गुणा, कोषको लागत ९.२३ प्रतिशत, आधार ब्याजदर ११.९३ प्रतिशत, सिसिडि रेसियो ७१.७७ प्रतिशत, निष्कृय कर्जा ०.०८ प्रतिशत र पुँजी कोष अनुपात ११.९४ प्रतिशत रहेको छ ।