४२ करोड नाफा कमाएको स्वावलम्बन लघुवित्तको अन्य सुचक कस्तो?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 08:05:56 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षमा स्वावलम्बन Swabalamban Laghubitta Bittiya Sanstha Limited कोे खुद नाफा २३.१७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा कम्पनीको खुद नाफा ३४ करोड ३० लाख ५० हजार रहेकोमा गत आर्थिक वर्षमा लघुवित्तले ४२ करोड २५ लाख ४६ हजार खुद नाफा कमाएको छ ।  

लघुवित्तकोे आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी २३.१६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ८६ करोड ५२ लाख ५० हजार रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर १ अर्ब ६ करोड ५६ लाख ६१ हजार पुगेको छ । 

६२ करोड ८८ लाख ८८ हजार चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड ५० लाख ४ हजार रुपैयाँ रहेको छ।  अघिल्लो आर्थिक वर्षमा ७० करोड २४ लाख ७१ हजार रहेको जगेडा कोष ६०.१५ प्रतिशले बढेको हो । 

७ अर्ब ४९ करोड ४ लाख ७५ हजार निक्षेप संकलन लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ८० करोड ३३ लाख ३७ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । लघुवित्तको कर्जा लगानी १४ अर्ब ४० करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ ।  

लघुवित्तको प्रतिशेयर आम्दानी ६७ रुपैयाँ १९ पैसा, निष्क्रिय कर्जा अनुपात ०.७७ प्रतिशत, मूल्य आम्दानी अनुपात १३.०२ गुणा, पुँजी पर्याप्तता अनुपात १०.८८ प्रतिशत, प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ ८९ पैसा र कोषको लागत ९.४४ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved