४९२ प्रतिशतले नाफा बढाएको आरम्भ माइक्रोफाइनान्सको अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 09:10:23 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षमा आरम्भ माइक्रोफाइनान्सको खुद नाफा ४९१.९४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्ष (२०७४/७५) मा कम्पनीको खुद नाफा २० लाख १० हजार रहेकोमा गत आर्थिक वर्षमा माइक्रोफाइनान्सले १ करोड १८ लाख ९८ हजार खुद नाफा कमाएको छ ।  

माइक्रोफाइनान्सकोे आम्दानीको मुख्य स्रोत मानिन खुद ब्याज आम्दानी ४३.७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ६० लाख ४ हजार रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर ३ करोड ७३ लाख ६८ हजार पुगेको छ । 

६ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८६ लाख ३९ हजार रुपैयाँ रहेको छ।  अघिल्लो आर्थिक वर्षमा ३५ लाख ४६ हजारले ऋणत्मक रहेको जगेडा कोषमा उल्लेख्य सुधार गरेको छ । 

१५ करोड ८४ लाख ३६ हजार निक्षेप संकलन माइक्रोफाइनान्सले अन्य बैंक तथा वित्तीय संस्थाबाट ३१ करोड ९४ लाख ५१ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । माइक्रोफाइनान्सको कर्जा लगान्ी ५२ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ ।  

माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८३ पैसा, निष्क्रिय कर्जा अनुपात १.४२ प्रतिशत, मूल्य आम्दानी अनुपात २६.६८ गुणा, पुँजी पर्याप्तता अनुपात १२.७४ प्रतिशत, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५० पैसा र कोषको लागत १०.९२ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved