प्राइम लाइफको बीमा शुल्क ३० प्रतिशतले बढ्यो, मुनाफा ३१ करोड पुग्दा अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 07:59:26 AM मा प्रकाशित

laxmi sunrise bank

प्राइम लाइफ Prime Life Insurance Company Limited ले गत आर्थिक बर्षको प्रगति विवरण प्रकाशित गरेको छ। प्राइम लाइफले अघिल्लो आर्थिक बर्षको तुलनामा ४४.७१ प्रतिशतले खुद मुनाफा बढाएर गत आर्थिक बर्ष ३१ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष इन्स्योरेन्सले २१ करोड ६३ लाख नाफा आर्जन गरेको थियो।     

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने भएकोले प्राइम लाइफको मुनाफा बढ्न सक्नेछ। बीमा कम्पनीहरुको जिवन बीमाकोष बाट प्राप्त भएको आम्दानि सबैभन्दा धेरै हुने तर उक्त कोषबाट प्राप्त हुने आम्दानी एक्चुअरी भ्यालुएसन रिपार्ट आएपछि मात्र जिवन बीमा कम्पनीको वस्तविक मुनाफा निकाल्ने गरिन्छ । 

कम्पनीले प्रमुख सुचक मानिने खुद बीमा शुल्क २९.६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब २१ करोड २४ लाख ४० हजार खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा दुई अर्ब  ८६ करोड ७४ लाख तीन हजार अर्जन गरेको छ । 

एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा १ अर्ब २४ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा कम्पनीको जिवन बीमा कोषमा  ३६.१७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको जिवन बीमा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा आठ अर्ब ९० करोड ५१ लाख रुपैयाँको भएको छ । 

कम्पनीले महाविपत्ति कोषमा १३ करोड ३५ लाख ७१ हजार रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा ३९ करोड ६८ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने अधिकर्ता कमीशन बापत ३३ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ ।   

कम्पनीको हाल कायम रहेको बीमालेख संख्या तीन लाख ५५ हजार भन्दा माथि रहेको छ । कम्पनीले हालसम्म एक अर्ब ६८ करोड २० लाख २८ हजार बीमालेख विक्रि मार्फत १५ अर्ब १४ करोड बीमाशुल्क आर्जन गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ७६ रुपैयाँ ७० पैसा र मुल्य आम्दानी अनुपात २५.०३ गुणा रहेको छ ।

 बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी पुर्याउन बाँकी रहेको कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषण गरेको छैन । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved