बैंक अफ काठमान्डूको नाफा १ अर्ब ९३ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 06:35:08 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डू Bank of Kathmandu Limited ले गत आर्थिक बर्ष १ अर्ब ९३ करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४/७५ मा बैंकले १ अर्ब ३२ करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा ४०.६७ प्रतिशतले बढेको हो ।

 बैंकको वितरणयोग्य मुनाफा भने १  अर्ब ३० करोड रहेको छ । यस हिसाबले बैंकले १६ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।तर नियामकीय पुनरावलाेकन र थप प्राेभिजन तथा विगतकाे संचित वितरणायाेग्य मुनाफाकाे आधारमा वास्तविक लाभांस क्षमता फरक पर्न सक्नेछ ।

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड रहेको छ । ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७१ अर्ब ७३ करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष ५  अर्ब ९४ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा २३.३८  प्रतिसतले बढेर ३ अर्ब ७७ करोड पुगेको छ । बैंकको खराब कर्जा १.५ प्रतिशत रहेको छ  । 

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १०.६० गुणा, प्रतिशेयर नेट वर्थ १७३.७२ रुपैयाँ, प्रति शेयर आम्दानी २४.०४ रुपैयाँ, आधार ब्याजदर ९.९८ प्रतिशत, कोषको लागत ७.२६ प्रतिशत , पुँजी पर्याप्तता अनुपात १४.५८ र सीसीडि ७५.८ रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved