४५ प्रतिशतले बढ्यो सिभिल लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 06:59:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष ७५/७६ मा सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited  को नाफा ४५.३१ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष १ करोड १२ लाख नाफा कमाएकोमा कम्पनीले यस पटक १ करोड ६३ लाख नाफा कमाएको हो ।

यस अवधिमा कम्पनीको सापटी ३४ करोड ४० लाखबाट बढेर ६१ करोड ४८ लाख पुगेको छ । कम्पनीको ब्याज आम्दानी ४ करोड ६३ लाखबाट बढेर ६ करोड ४६ लाख पुगेको छ । त्यस्तै कम्पनीको संचालन मुनाफा १ करोड ९७ लाख रहेको छ भने प्रोभिजनमा १ करोड ५३ लाख रहेको छ ।

११ करोड ४१ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २ करोड १२ रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १४.३६, प्रति शेयर नेट वर्थ ११८.६३, मूल्य आम्दानी अनुपात ३८.६५, कोषको लागत १०.९३ र खराब कर्जा १.३४ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved