लुम्बिनी विकास बैंकको मुनाफामा ७१ प्रतिशतले वृद्धि हुँदा लाभांश क्षमता कति?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 07:29:07 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास Lumbini Bikas Bank Limited ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक बर्षको चौथो त्रैमास सम्ममा ५५ करोड ७३ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले ३२ करोड ४४  लाख ३२ हजार खुद मुनाफा कमाएकोमा  गत आर्थिक बर्ष बैंकको नाफा ७१.८० प्रतिशतले बढेको हो । निष्कृय कर्जा असुली गर्दा बैंकको नाफामा उल्लेख्य प्रगति भएको देखिन्छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने २८ करोड ५१ लाख ९ हजार रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब १३ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकन र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पक्षीको मुनाफामा तलमाथि भएमा वितरणायोग्य मुनाफाको आधारमा वास्तविक लाभांस क्षमता फरक पर्न सक्नेछ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधि सम्ममा २४ अर्ब ८० करोड ६२ लाख निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी २१ अर्ब १६ करोड ५९ लाख रहेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब २१ करोड ४ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ४१.९७  प्रतिशतले बढेर १ अर्ब १३ करोड ३७ लाख पुगेको छ । 

खराब कर्जा एक दशमलव ५७ प्रतिशत रहेको बैंककोे प्रतिशेयर नेटवर्थ एक सय ७४ रुपैयाँ ०६ पैसा, प्रति शेयर आम्दानी २६ रुपैयाँ ६९ पैसा, आधार ब्याजदर ११.२० प्रतिशत, कोषको लागत ८.६४ प्रतिशत , पुँजी पर्याप्तता अनुपात १६.५६ प्रतिशत, ब्याजदर अन्तर (स्प्रड रेट) ४.७९ प्रतिशत र सीसीडि ७७.६१ प्रतिशत रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved