सञ्चालन खर्च बढ्दा पोखरा फाइनान्सको नाफामा झिनो सुधार, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 02:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार फाइनान्सले १० करोड ७२ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले १० करोड ४१ लाख ९२ हजार खुद मुनाफा कमाएको थियो । 

सञ्चालन खर्चमा भएको वृद्धिको कारण फाइनान्सको खुद ब्याज आम्दानी करिब २४ प्रतिशतले वृद्धि हँदा पनि फाइनान्सको मुनाफामा प्रगति भएको देखिदैन । फाइनान्सले समिक्षा आवधिमा २८ करोड ५३ लाख खुद व्याज आम्दानी गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार फाइनान्सको वितरणयोग्य मुनाफा भने ६ करोड २७ लाख ८० हजार रुपैयाँ रहेको छ । 

हाल फाइनान्सको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७२ हजार रुपैयाँ रहेको छ, भने जगेडा कोष १८ करोड ७६ लाख ५८ हजार रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा फाइनान्सले ५ अर्ब ७९ करोड २३ लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा ३६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ४ अर्ब २५ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा फाइनान्सकोे कर्जा लगानी ३६.३५ प्रतिशतले बढेर ६१ अर्ब १३ करोड १८ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ३ अर्ब ८५ करोड ५५ लाख कर्जा लगानी गरेको थियो । 

खराब कर्जा ०.७९ प्रतिशत रहेको फाइनान्सकोे मूल्य आम्दानी अनुपात ११.०३ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ४९ रुपैयाँ ९९ पैसा, प्रति शेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा, आधार ब्याजदर ११.५२ प्रतिशत, कोषको लागत ८.९५ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १८.९४ प्रतिशत र सीसीडि ७६.१४ प्रतिशत रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved