हिमालयन बैंकको नाफा २ अर्ब ८४ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 06:23:59 AM मा प्रकाशित

हिमालयन बैंकले Himalayan Bank Limited ले  गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले एक अर्ब ८७ करोड खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा बैंकको नाफा करिब ५१ प्रतिशतले बढेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब २ करोड रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब २३.७३ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ९८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै यस अवधिमा बैंकको कर्जा लगानी ९७ अर्ब ५९ करोड रहेको छ । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी गत बर्ष ४ अर्ब ३२ करोड रहेकोमा यस बर्ष बढेर ५ अर्ब ४ करोड पुगेको छ  । बैंकको  जगेडा कोषमा ५ अर्ब ३२ करोड  रुपैयाँ रहेको छ । 

खराब कर्जा १.१२ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १६.५२, प्रतिशेयर नेटवर्थ १८८.७६, प्रति शेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा, आधार ब्याजदर ९.०५  प्रतिशत, कोषको लागत ६.५५ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७३ प्रतिशत र सीसीडि ७५.५९ प्रतिशत रहेको छ  ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved