यस कारण घट्यो नेपाल इन्भेष्टमेन्टको नाफा, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 07:10:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले तीन अर्ब ४१ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले तीन अर्ब ६५ करोड ९३ लाख खुद मुनाफा कमाएको थियो । निष्कृय कर्जामा भएको वृद्धिको करण बैंकको आम्दानीमा वृद्धि भएपनि मुनाफा करिब २४ करोडले घटेको छ ।  बैंकले निक्षेको जोखिम तथा अन्य रिजर्भर लोन लस प्रोभिजनमा १ अर्ब रखेो छ । जसले गर्दा बैंको मुनाफा घटेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३९ करोड ६ लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब १०.८ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । नियामकिय ब्यवस्था अनुसारको विभिन्न शिर्षकमा ठुलो मात्रमा रकम विनियोजन गरेको बैकको लाभांश क्षमतामा भारि गिरावट आएको देखिन्छ । बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गरेको थियो । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफो पनि बैंकको वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ४९ अर्ब ३९ करोड २२ लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा ९.३८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३६ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी ३.९५ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब १७ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १८ अर्ब ३२ करोड २५ लाख कर्जा लगानी गरेको थियो । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ५.१८ प्रतिशतले बढेर छ अर्ब १५ करोड ३१ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी पाँच अर्ब ८५ करोड एक लाख थियो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा १० अर्ब ९५ करोड ५३ लाख रुपैयाँ रहेको छ । 

बैंकको निष्कृय कर्जामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा १.३६ प्रतिशत रहेको निष्कृय कर्जा गत आर्थिक वर्षमा बढेर २.७८ प्रतिशत पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ९९ रुपैयाँ ७८ पैसा, प्रति शेयर आम्दानी २६ रुपैयाँ ५४ पैसा, आधार ब्याजदर ८.३३ प्रतिशत, कोषको लागत ६.३१ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.६५ प्रतिशत र सीसीडि ७१.९७ प्रतिशत रहेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved