४१ प्रतिशतले घट्यो टेलिकमको खुद नाफा, रिजर्भमा ८६ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 07:25:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले गत आर्थिक बर्षमा १० अर्ब २० करोड खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो बर्षमा १७ अर्ब ४८ करोड खुद नाफा गरेकोमा कम्पनीको नाफा ४१ प्रतिशतले घटेको हो । 

कम्पनीको कुल आम्दानी पनि घटेको छ ।  अघिल्लो आर्थिक बर्षमा टेलिकमको कुल आम्दानी ४५ अर्ब २६ करोड रहेकोमा गत आर्थिक बर्ष आम्दानी घटेर ४३ अर्ब ४८ करोड रहेको छ । ग्राहकबाट प्राप्त हुने रकम अर्थात मुख्य आम्दानी ३९ अर्ब बाट घटेर ३६ अर्ब ७८ करोड कायम भएको छ । ओभर दी टप सर्भिस(ओटीटी) को लोकप्रियताका कारण भ्वाइसबाट हुने आम्दानी घट्दा कम्पनीको नाफा घट्दै गएको देखिन्छ । 

कम्पनीको रिजर्भमा भने ८६ अर्ब ७३ करोड रहेको छ  । यस अवधिमा टेलिकमको मूल्य आम्दानी १०.९४, प्रति शेयर नेटवर्थ ६७८.२१ र प्रति शेयर आम्दानी ६८.०५ रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved