२० प्रतिशतले नाफा बढाएको कैलाश विकास बैंकको लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 11:47:41 AM मा प्रकाशित

laxmi sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक बर्षको चौथो त्रैमास सम्ममा ६० करोड ५ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले ५० करोड १९ लाख खुद मुनाफा कमाएकोमा  गत आर्थिक बर्ष बैंकको नाफा १९.६४ प्रतिशतले बढेको हो । 

बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई  १८ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले २७ अर्ब ७२ करोड ३२ लाख निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३९.९९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ अर्ब ८० करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी ३८.९४ प्रतिशतले बढेर २६ अर्ब ६६ करोड ३४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ अर्ब १९ करोड २ लाख कर्जा लगानी गरेको थियो । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ४८.३७ प्रतिशतले बढेर १ अर्ब ४० करोड ३५ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ९५ करोड ६० लाख थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा ७५ करोड २९ लाख रुपैयाँ रहेको छ ।  

खराब कर्जा शुन्य दशमलव २४ प्रतिशत रहेको बैंककोे मुल्य आम्दानी अनुपात ९.७३ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ५० रुपैयाँ ७४ पैसा, प्रति शेयर आम्दानी २४ रुपैयाँ ४६ पैसा, आधार ब्याजदर ११.०८ प्रतिशत, कोषको लागत ८.८५ प्रतिशत , पुँजी पर्याप्तता अनुपात १४.५९ प्रतिशत, ब्याजदर अन्तर (स्पे्रड रेट) ४.९१ प्रतिशत र सीसीडि ७८.१६ प्रतिशत रहेको छ  ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved