लामिछानेको नेतृत्वमा महालक्ष्मीको लोभलाग्दो प्रगति, ब्याज आम्दानी मात्रै डेढ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 02:33:22 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण राज लामिछानेको नेतृत्वमा उल्लेख्य प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८० करोड ७५ लाख मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले ४५ करोड २१ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक वर्ष बैंकको नाफा ७८.६० प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकले ३० अर्ब ५९ करोड ११ लाख निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १४.३५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २६ अर्ब ७५ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी २८.१३ प्रतिशतले बढेर २६ अर्ब ५ करोड ५५ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २० अर्ब ३३ करोड ५२ लाख कर्जा लगानी गरेको थियो । 

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ४१.४४ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४९ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९ करोड २३ लाख थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ रुपैयाँ रहेको छ । भने जगेडा कोषमा १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।  

बैंकले खराब कर्जामा सुधार गर्दा त्यसको प्रभाव मुनाफामा परेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ३.८८ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा आउँदा २.५४ प्रतिशत कायम भएको छ । यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ एक सय ६३ रुपैयाँ १० पैसा, प्रति शेयर आम्दानी २८ रुपैयाँ २८ पैसा, आधार ब्याजदर ११.२५ प्रतिशत, कोषको लागत ८.६२ प्रतिशत , पुँजी पर्याप्तता अनुपात १८.९७ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेड) ४.७६ प्रतिशत र सीसीडि ७४.२७ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved