नेपाल लाइफको नाफा ५२ करोड ३२ लाख, खुद बीमाशुल्क २२ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 03:55:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स National Life Insurance Company Limited ले गत आर्थिक बर्षको अपरिस्कृत प्रगति विवरण प्रकाशित गरेको छ । इन्स्योरेन्सको अपरिस्कृत विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा ५२ करोड ३२ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ को तुलनामा ११.९९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ४६ करोड ७२ लाख रुपैयाा खुद मुनाफा कमाएको थियो भने इन्स्योरेन्सको विमाङकीय मुल्याङकन पछिको मुनाफा १ अर्ब ११ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन (विमाङकीय मुल्याङकन) रिपोर्ट आएपछि मात्र देखीने भएकोले नेपाल लाइफको मुनाफामा वृद्धि हुनेछ । बीमा कम्पनीहरुको जिवन बीमाकोष बाट प्राप्त भएको आम्दानी सबैभन्दा धेरै हुने तर उक्त कोषबाट प्राप्त हुने आम्दानी विमाङकीय मुल्याङकन रिपार्ट आएपछि मात्र जिवन बीमा कम्पनीको वास्तविक मुनाफा निकाल्ने गरिन्छ ।

कम्पनीले प्रमुख सुचक मानिने खुद बीमा शुल्क ४२.७७ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ९८ करोड ७४ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा २२ अर्ब ८२ करोड ५० लाख बीमा शुल्क आर्जन गरेको छ । ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा २ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा कम्पनीको जिवन बीमा कोषमा ३१.८० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ४९ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ रहेको जिवन बीमा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा ६५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँको भएको छ ।

कम्पनीले महाविपत्ति कोषमा ४३ करोड ६७ लाख रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा कम्पनीले ७ अर्ब ९९ करोड १६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने अभिकर्ता कमीशन बापत २ अर्ब ८१ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको हाल कायम रहेको बीमालेख संख्या १२ लाख ८० हजार ६ सय ३६ रहेको छ । कम्पनीले हालसम्म ९१ अर्ब ६७ करोड १० लाख बीमाशुल्क आर्जन गरेको छ भने यस आर्थिक वर्षमा मात्र प्रथम र नविकरण गरेर २३ अर्ब ११ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ५२ रुपैयाँ २८ पैसा र मुल्य आम्दानी अनुपात ९४.६४ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved