एनआईसी एसियाको कमालको प्रगतिः धेरै सूचकमा अव्वल, निक्षेपमा निजि बैंकमै उत्कृष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 07:38:52 AM मा प्रकाशित

laxmi  sunrise bank

शाखा विस्तार गरि कारोबार बढाएको एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैकले सार्वजनिक गरेको गत आर्थिक बर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार उसको मुनाफा १२९ प्रतिशतले बढेर ३ अर्ब ५ करोड पुगेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको थियो। 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब २४  प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।   

एनआईसी एसियाका अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ। कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड पुर्याएको छ भने मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ६५ प्रतिशतले बढाएर ६ अर्ब ६९ करोड आर्जन गरेको छ। त्यस्तै बैंकको संचालन मुनाफा १३९ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड पुगेको छ।  

शाखा बिस्तार गरि कारोबार बिस्तारमा आक्रामक बनेको एनआईसी एसियाले यसअवधिमा १९ प्रतिशतले बढाएर १ खर्ब ८० अर्ब ५८ करोड निक्षेप संकलन गरेको छ। जसमा २५ प्रतिशतले बढाएर १ खर्ब ५० अर्ब कर्जा लगानी गरेको छ। यसअवधिमा बैंकको वासलातको आकार २ खर्ब १७ अर्ब ७० करोडको पुगेको छ।  

कर्जा प्रवाह तथा अन्य सूचकमा शिर्ष स्थानमा रहन सफल भएको बैंकको दाबि छ। निक्षेप संकलन तर्फ सम्पूर्ण नीजि स्तरका वाणिज्य बैंकहरुमध्ये शीर्ष स्थानमा रहन सफल भएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।  

यसअवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ८३ करोड छ भने जगेडा कोषमा ३ अर्ब ८८ करोड छ। त्यस्तै प्रति सेयर आम्दानी १०८ प्रतिशतले बढेर ३४ रुपैयाँ ५६ पैसा पुगेको छ। 

हाल बैंकले २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् आफ्ना १८ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved