खुद बीमाशुल्कमा २७ प्रतिशतले वृद्धि गरेको नेशनल लाइफको नाफा ३३ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 08:01:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company Limited ले गत आर्थिक बर्षको अपरिस्कृत प्रगति विवरण प्रकाशित गरेको छ । इन्स्योरेन्सको अपरिस्कृत विवरण अनुसार गत आर्थिक वर्षमा ३३ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ को तुलनामा १२.७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन (विमाङकीय मुल्याङकन) रिपोर्ट आएपछि मात्र देखीने भएकोले नेशनल लाइफको मुनाफामा वृद्धि हुनेछ । बीमा कम्पनीहरुको जिवन बीमाकोष बाट प्राप्त भएको आम्दानी सबैभन्दा धेरै हुने तर उक्त कोषबाट प्राप्त हुने आम्दानी विमाङकीय मुल्याङकन रिपार्ट आएपछि मात्र जिवन बीमा कम्पनीको वास्तविक मुनाफा निकाल्ने गरिन्छ ।

कम्पनीले प्रमुख सुचक मानिने खुद बीमा शुल्क २७.१८ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १३ करोड ३२ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ८० करोड २ लाख बीमा शुल्क आर्जन गरेको छ । ३ अर्ब ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ९१ करोड ८६ लाख रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा कम्पनीको जिवन बीमा कोषमा २४.५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २१ अर्ब ८२ करोड ५९ लाख रुपैयाँ रहेको जिवन बीमा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा २७ अर्ब १९ करोड ८ लाख रुपैयाँको भएको छ ।

कम्पनीले महाविपत्ति कोषमा २१ करोड ६९ लाख रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा कम्पनीले २ अर्ब ५० करोड ६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने अभिकर्ता कमीशन बापत ८३ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ । उक्त अवधिमा कम्पनीले कर्जा लगानी तथा अन्य बाट मात्र २१ करोड ९१ लाख आम्दानी गरेको छ । 

कम्पनीको हाल कायम रहेको बीमालेख संख्या ७ लाख २१ हजार भन्दा माथि रहेको छ । कम्पनीले प्रथम र नविकरण गरेर कुल ८ अर्ब २ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ३० रुपैयाँ ५५ पैसा र मुल्य आम्दानी अनुपात ५२.३१ गुणा रहेको छ । त्यस्तै पोलिशि बोनस दर ६३ देखि ८२ प्रतिहजार रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved