विकास बैंकको कुल नाफा सवा ६ अर्ब, ११ मध्ये कुन सूचकमा को उत्कृष्ट ? (रिपोर्ट)

विजय पराजुली

विजय पराजुली

Aug 21, 2019 | 05:31:06 PM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा रहेको राष्ट्रिय स्तरका ११ वटै विकास बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन। अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको विकास बैंकको खुद मुनाफा ६ अर्ब १८ करोड भन्दा माथि पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को भन्दा ३२.८८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय स्तरका ११ विकास बैंकको खुद मुनाफा ४ अर्ब ६५ करोड खुद मुनाफा आर्जन गरेका थिए।

 उक्त अवधिमा बैंकहरुको निक्षेप ३३.१५ प्रतिशतले बढेर २ खर्ब ९९ अर्ब ८० करोड पुगेको छ । यस्तै कर्जा लगानी ४० प्रतिशतले बढेर २ खर्ब ७२ अर्ब पुग्दा खुद ब्याज आम्दानी ३९.३६ प्रतिशतले वृद्धि भई १४ अर्ब १५ करोड पुगेको छ । वाणिज्य बैंकमा लगानीयोग्य तरलतको अभाव हुँदा कतिपय विका बैंकले वाणिज्य बैंकको कर्जा समेत खरिद गरेका थिए भने वाणिज्य बैंकमा कर्जा नपाएको सेवाग्राही विकास बैंकमा जाँदा विकास बैंकहरुको कर्जा लगानी बढ्न पुगेको छ । जसले गर्दा विकास बैंकहरुको कर्जा लगानी र खुद ब्याज आम्दानीको वृद्धिदर बराबरी जस्तै देखिएको छ। सोही अवधिमा ८.१२ प्रतिशतले चुक्ता पुँजी बढेको बैकहरुको जगेडा कोषमा २१.८४ प्रतिशतले वृद्धि भएको छ । 

 गत आर्थिक वर्षमा नै वेस्र्टन डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको देव विकास बैंकको सबैभन्दा धेरै २५ प्रतिशतले पुँजी बढाउँदै सबैभन्दा धेरै ३ अर्ब १७ करोड चुक्ता पुँजी रहेको बैंक बनेको छ ।  यस्तै असार मसान्तसम्म लुम्बीनी विकास बैंकको सबैभन्दा कम २ अर्ब २० करोड पुँजी रहेको छ । बैंकले गत साता आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट बोनस दिँदै चुक्ता पुँजी पुर्याएको छ ।  

यस्तै जगेडामा महालक्ष्मी विकास बैंक र लुम्बीनी विकास बैंक मजबुत अवस्थामा देखिएका छन् ।  महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै १ अर्ब ७४ करोड रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.७३ प्रतिशतले बढी हो । यस्तै अघिल्लो आर्थिक वर्षको बोनस दिन बाँकी  रहेकोले लुम्बीनी विकास बैंकको जगेडा पनि १ अर्ब २१ करोड रहेको छ । बैंकले गत साउनमा लगानीकर्तालाई लाभांश वितरण गरेकोले बैंकको जगेडा कोष घटेको छ । यस्तै गण्डकी विकास बैंकको भने जगेडा कोष शुन्य दशमलव ४३ प्रतिशतले घटेको छ । 

प्रतिशेयर नेटवर्थ पनि लुम्बीनी विकास बैंककै राम्रो देखिएको छ । अघिल्लो आर्थिक बर्षको लाभांश वितरण गर्न बाँकी रहेकोले पनि बैंकको नेटवर्थ राम्रो देखिएको हो ।  बैंकको प्रतिशेयर १ सय ७७ रुपैया,  महालक्ष्मी विकास बैंकको १६३ रुपैयाँ रहेको छ भने सबैभन्दा कम सांग्रिला डेभलपमेन्ट बैंकको १ सय २६ रुपैयाँ रहेको छ । 

विकास बैंकहरुको औषत प्रतिशेर आम्दानी २१ रुपैयाँ २५ पैसा रहेको छ । एनएमबी बैंकसँग मर्जर प्रक्रियामा रहेको ओम डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट प्रस्तावित बोनस रद्ध गरेको बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ रहेको छ । यस्तै महालक्ष्मी विकास बैंकको २८९ रुपैयाँ  र मुक्तिनाथ विकास बैंकको २७ रुपैयाँ रहेको छ । भने सबैभन्दा कम प्रतिशेयर आम्दानी सांग्रिला डेभलपमेन्ट बैंक र देवः विकास बैंकको १२ रुपैयाँ रहेको छ । 


निक्षेप, कर्जा र नाफामा मुक्तिनाथ अगाडी

११ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु मध्ये निक्षेप कर्जा र मुनाफामा मुक्तिनाथ विकास बैंक अगाडी देखिएको छ । असार मसान्त सम्ममा मुक्तिनाथ विकास बैंकले ४१ अर्ब ६४ करोड निक्षेप संकलन गरेर ३७ अर्ब ९४ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिमा बैंकले ८५ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा तुलनमा कर्जा निक्षेप र मुनाफा क्रमशः ५१.५८, ५३.२६ र ३९.९९ प्रतिशतले बढाएको हो । 

सोही अवधिमा कामना सेवा सिवकास बैंकको भने मुनाफा घटेको छ । १३.१४ प्रतिशतले घटेको हो । अन्य सुचकमा प्रगति गर्नाको बावजुत संचालन खर्चमा भएको वृद्धिको कारण बैंकको नाफा घटेको देखिन्छ । गत आर्थिक वर्षमा शाखा सँगै ब्यवसाय विस्तारमा लाग्दा बैंकको नाफा घटेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved