सिटिजन बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक

सेयरमा लगानी कति प्रतिफलमुलक ?
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 09:56:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंंक Citizens Bank International Limited  ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ९१ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ८८ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको बैंकको नाफा १८.५७ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २१ करोड ३ लाख ६५ हजार मात्रै रहेको छ । 

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २.८८ प्रतिशतले वृद्धि गर्दै ७२ अर्ब ४३ करोड ९१ लाख ७६ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७० अर्ब ३५ करोड ५४ लाख ७७ हजार निक्षेप संकलन गरेको छ । 

बैंकले गत आर्थिक वर्षको तुलनमा कर्जा लगानी ७.३८ प्रसतिशतले वृद्धि गर्दै ६७ अर्ब ५५ करोड ४१ लाख ८२ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ अर्ब ९२ करोड १९ लाख ७० हजार कर्जा लगानी गरेको थियो । 

बैंकले ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ९५ करोड २८ लाख ६२ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले ७० करोड ८३ लाख २५ हजार खुद ब्याज आम्दानी गरेको छ  जुन गत आर्थिक वर्षको भन्दा ५.९५ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७५ करोड ३१ लाख ४१ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ २० पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात ११.८९ गुणा, पुँजीकोष अनुपात  १२.६६ प्रतिशत, खरब कर्जा शुन्य दशमलव ९८ प्रतिशत, आधार ब्याजदर १०.७५ प्रतिशत, कोषको लागत ८.३ प्रतिशत, सिसिडी रेसियो ७९.६२ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.१६ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved