८४ प्रतिशतले बढ्यो सिभिल लघुवित्तको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 01:11:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited  को मुनाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४५ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४६ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २४ लाख ७७  हजार खुद मुनाफा आर्जन गरेको थियो ।  

प्रथम त्रैमास सम्ममा १ अर्ब १२ करोड ७८ लाख ६० हजार कर्जा लगानी गरेको लघुवित्तले ३१ करोड १ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन  गरेको छ  ।  त्यस्तै कम्पनीले ६७ करोड ४६ लाख ७७ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६४ करोड ३२ लाख ७७ हजार कर्जा लगानी गरेको थियो भने १८ करोड २५ लाख ८६ हजार निक्षेप संकलन गरेको थियो  । लघुवित्तले ३२ करोड ५५ लाख ४४ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी  लिएको थियो । 

११ करोड ४१ लाख १४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा २ करोड ५८ लाख १० हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले २ करोड २२ लाख ११ हजार खुद ब्याज आम्दानी गरेको छ ।

निष्कृय कर्जा २.१६ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात १३.०५ प्रतिशत, कोषको लागत १०.६७ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक १६ रुपैयाँ २ पैसा र प्रतिशेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६५ पैसा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved