कालिका लघुवित्तमा मर्ज हुन लागेको जनसेवीको लोभलाग्दो प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 11:04:35 AM मा प्रकाशित

कालिका लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको जनसेवी लघुवित्तले उल्लेख्य प्रगति सहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६३ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको छ लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०४.४४ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० लाख ७३ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

प्रथम त्रैमास सम्ममा लघुवित्तले २१ करोड ३० लाख ७० हजार रुपैयाँ सदस्यहरुबाट निक्षेप संकलन गर्दा ३७ करोड ८४ लाख ७२ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यस अवधिमा कम्पनीले ६९ करोड ८२ लाख ५७ हजार कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४८ करोड ६८ लाख ६६ हजार कर्जा लगानी गरेको थियो भने १३ करोड ९० लाख ९४ हजार निक्षेप संकलन गरेको थियो । त्यस्तै ३१ करोड ७४ लाख ९३ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको थियो ।

गत आर्थिक वर्षमा आइपीओ जारी गर्दै १४ करोड ४३ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएकोे लघुवित्तले जगेडा कोषमा २ करोड ४४ लाख ६१ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले १ करोड ७४ लाख ४४ हजार खुद ब्याज आम्दानी गरेको छ । निष्कृय कर्जा १.७१ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात २४.०८ प्रतिशत, कोषको लागत १०.०३ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved