कालिकाको समिक्षा बैठक सम्पन्न, पहिलो त्रैमासमा लोभलाग्दो प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 03:26:03 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको वालिङमा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठी पोखरामा सम्पन्न भएको छ । संस्थाका ७१ वटा शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको ३ दिने कार्यक्रममा पहिलो त्रैमासमा भएको प्रगति विवरण एवं समिक्षासँगै दोश्रो त्रैमासको लागि लक्ष्य निर्धारण गरिएको छ ।

औपचारिक रुपमा शुरु भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा कालिका लघुवित्त वित्तीय संस्थासँग मर्ज हुन लागेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति अध्यक्ष विकास गौचन रहेका थिए । गौचनले कालिकासंग मर्ज भए पश्चात संस्थालाई नेपालको लघुवित्त क्षेत्रमा उत्कृष्ट र नमुनाको लघुवित्तको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए । 

विशेष अतिथिको रुपमा रहेका संस्थाका अध्यक्ष कृष्ण खाँणले दुबै संस्थाको लागि यो एउटा सुवर्ण अवसर रहेको र यसमा सबैको सकारात्मक धारणा पाएको बताए । उनले सबैको जीत हुने तरिकाले मर्ज हुने र लघुवित्त संस्था मर्जमा सुनौलो इतिहास बनाउन सबैलाई आग्रह गरे । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संचालकहरु नित्यानन्द तिवारी, कृष्ण काजी केसी, सन्तोष श्रेष्ठ, विश्वराज नेपाल, करुणा पोखरेल लगायत उपस्थित थिए । कार्यक्रमको लागि प्रभु लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्सले सहयोग गरेको थियो भने शाखा प्रमुखहरुलाई वीमा सम्बन्धि तालिम पनि दिइएको थियो । 

पहिलो त्रैमासमा लोभलाग्दो प्रगति

यसैबीचमा संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन पनि सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ७४ लाख ८३ हजार खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो ६ गुणाले बढि हो । लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ७४ करोड ९६ लाख निक्षेप र ९१ करोड २३ लाख सापटीबाट १ अर्ब ८१ करोड ८५ लाख कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले ४ करोड ९ लाख ५८ हजार खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको यो खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १ करोड १५ लाख ५५ हजारले बढी हो । 

चुक्ता पुँजी १० करोड ८० लाख रहेको संस्थाले गत आर्थिक वर्षको मुनाफबाट १२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । यस अवधीमा संस्थाले १० करोड ५४ लाख ७८ हजार रुपैंया जगेडा कोषमा जम्मा गरेको छ । नाफामा भएको सुधारका कारण संस्थाको प्रति शेयर आम्दानी बढेर पहिलो त्रैमासमा २७।७२ रुपैंया कायम भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २५।२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९७.६७ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved