घट्यो सिद्दार्थ बैंकको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 09:37:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक Siddhartha Bank Limited ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५२ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ३६ लाखले कम हो।

बैंकको निक्षेप संकलन तथा कर्मचारी लगायतका प्रशासनिक लागत बढ्दा त्यसको असर मुनाफामा देखिएको छ। बैंकसंग सेयरधनीलिई वितरणगर्ने मुनाफा १८ करोड ९८ लाख छ। 

त्यस्तै बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहमा झिनो वृद्धि देखिएको छ। यसअवधिमा निक्षेप ३ प्रतिशतले बढेर १ खर्ब १८ पुगेको छ भने कर्जा प्रवाह ३।६३ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब पुगेको छ। बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी १५।२९ प्रतिशतले बढेर १ अर्ब २४ करोडबाट   अर्थात १ अर्ब ४३ करोड पुगेको छ। 

यसअवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ८८ करोड छ भने जगेडा कोषमा ६ अर्ब ५१ करोड छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १।४०  प्रतिशतबाट झरेर १.२८ प्रतिशतमा पुगेको छ। 

यसअवधिमा बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा, नेटवर्थ प्रति सेयर १७३ रुपैयाँ २७ पैसा र मुल्य आम्दानीको अनुपात १२।५३ गुणा रहेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस र १५।२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो तर बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासको विवरणमा उक्त बिषय समायोजन गरिएको छैन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved