कालिका लघुवित्त वित्तीय संस्था Kalika Laghubitta Bittiya Sanstha Limited ले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ६ गुणाले नाफा बढाएको प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कालिकाले पहिलो त्रैमासमा ७४ लाख ८३ हजार खुद नाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा कालिकाले १२ लाख ४२ हजार मुनाफा आर्जन गरेको थियो।
कालिकाले चालु आवको असोज मसान्तसम्ममा ७४ करोड ९६ लाख निक्षेप र ९१ करोड २३ लाख सापटीबाट १ अर्ब ८१ करोड ८५ लाख कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले ४ करोड ९ लाख ५८ हजार खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको यो खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १ करोड १५ लाख ५५ हजारले बढी हो ।
चुक्ता पुँजी १० करोड ८० लाख रहेको कालिकाले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । यस अवधीमा संस्थाले १० करोड ५४ लाख ७८ हजार रुपैंया जगेडा कोषमा जम्मा गरेको छ ।
नाफामा भएको सुधारका कारण संस्थाको प्रति शेयर आम्दानी बढेर पहिलो त्रैमासमा २७।७२ रुपैंया कायम भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २५।२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९७.६७ रुपैयाँ रहेको छ।कालिका र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर प्रकृयामा छन। दुवै लघुवित्तबीच १:१ स्वाप अनुपातमा सहमति जुटेको छ।