४२ प्रतिशतले बढ्यो छिमेक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 02:29:49 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफा ४२ प्रतिशतले बढाएको प्रगति विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्ष १५ करोड ६१ लाख मुनाफा आर्जन गरेको लघुवित्तले यस अवधिमा २२ करोड २६ लाख मुनाफा आर्जन गरेको छ। 

छिमेकले १६ अर्ब ५ करोड निक्षेप संकलन तथा ४ अर्ब ५५ करोड कर्जा सापटी लिएर १९ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले २५.८१ प्रतिशतले बढाएर ४९ करोड ५३ लाख खुद ब्याज आम्दानी गरेको छ।

यस अवधिमा छिमेक लघुवित्तको प्रति सेयर आम्दानी ७५ रुपैयाँ ४६ पैसा, खराब कर्जा अनुपात शुन्य दशमलब ३० प्रतिशत, प्रति सेयर नेटवर्थ २५७ रुपैयाँ ८६ पैसा तथा मुल्या आम्दानीको अनुपात १२ रुपैयाँ ७९ गुणा रहेको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved