लक्ष्मी बैंकको नाफा ४० करोड, जगेडा कोषमा सवा २ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 09:13:28 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited  ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख ४६ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३२.६५ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३० करोड ३० लाख १७ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १९ करोड ९० लाख ६७ हजार मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २.३४ प्रतिशतले वृद्धि गर्दै ८२ अर्ब २० करोड ५७ लाख २ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ४.८ प्रतिशतले वृद्धि गर्दै ७८ अर्ब १९ करोड ८४ लाख ३४ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७४ अर्ब ६१ करोड ५९ लाख कर्जा लगानी गरेको थियो ।

८ अर्ब ९२ करोड ५ लाख ९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब २४ करोड २६ लाख ९३ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले ८६ करोड ५७ लाख ९२ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १६.९९ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७४ करोड २९  हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात ११.९३ गुणा, पुँजीकोष अनुपात ११.९ प्रतिशत, खराब कर्जा शुन्य १.०४ प्रतिशत, आधार ब्याजदर १०.२४ प्रतिशत, कोषको लागत ७.१९ प्रतिशत, सिसिडी रेसियो ७७.८८ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.३३ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved