४४ प्रतिशतले बढ्यो नेपाल लाइफको खुद बिमा शुल्क, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 08:37:26 AM मा प्रकाशित

नेपाल लाइफ Nepal Life Insurance Company Limited  ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको विवरण प्रकाशित गरेको छ। कम्पनीले अघिल्लो बर्षको पहिलो त्रैमासको तुलनामा ०.१३ प्रतिशतले खुद मुनाफा बढाएर २० करोड ४४ लाख कमाएको छ। अघिल्लो आर्थिक बर्षको सोही अवधिमा इन्स्योरेन्सले २० करोड ४१ लाख नाफा आर्जन गरेको थियो।

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने र बीमा कम्पनीले वार्षिक विवरणलाई मात्रै एक्चुअरी भ्यालुएसनको लागि पठाउने हुँदा यो नै इन्स्योरेन्सको वास्तविक मुनाफा भने होइन ।

कम्पनीले प्रमुख सुचक मानिने खुद बीमा शुल्क ४३.९१ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४३ करोड २८ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ८१ करोड ८३ लाख तीन हजार अर्जन गरेको छ । ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा २ अर्ब ६४ करोड १२ लाख रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा कम्पनीको जिवन बीमा कोषमा ३२.८८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५४ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ रहेको जिवन बीमा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा ७२ अर्ब ३३ करोड ३० लाख रुपैयाँको भएको छ ।

कम्पनीले महाविपत्ति कोषमा ४७ करोड ४४ लाख ५२ हजार रुपैयाँ छुट्याएको छ । उक्त अवधिमा १अर्ब ६७ करोड २५ लाख ९५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने अभिकर्ता कमीशन बापत ८७ करोड ९९ लाख ७२ रुपैयाँ खर्च गरेको छ । कम्पनीको हाल कायम रहेको बीमालेख संख्या १२ लाख ३९ हजार भन्दा माथि रहेको छ । कम्पनीले हालसम्म ९९ अर्ब ६२ करोड ८६ लाख बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ५६ रुपैयाँ ५९ पैसा र मुल्य आम्दानी अनुपात ५२.१६ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved