एभरेष्ट बैंकको मुनाफामा सामान्य वृद्धि, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 09:11:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६९ करोड ८ लाख ६८ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ९.०८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६३ करोड ३३ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ३० करोड ८४ लाख ७९ हजार मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा १२.४१ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ३४ अर्ब ७४ करोड ४९ लाख ८५ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १९ अर्ब ८६ करोड ४९ लाख ५ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी १२.८१ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ९ अर्ब ५३ करोड ८२ लाख ५ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९७ अर्ब ९ करोड ५४ लाख ६६ हजार कर्जा लगानी गरेको थियो ।

८ अर्ब १० करोड ६८ लाख ६३ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ६ अर्ब ९६ करोड ७१ लाख ३२ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले १ अर्ब ४३ करोड २५ लाख १९ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ९.३ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब  ३१ करोड ६ लाख २५ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो ।

अन्य बैंकसँग लगानीयोग्य रकमको अभाव बढ्दै गर्दा बैंकसँग तरलता रहेको देखिन्छ । बैंकको सिसिडि रेसियो ७५.८९ प्रतिशत मात्रै रहेको छ । यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ०९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २ सय २६ रुपैयाँ ७ पैसा रहेको छ । यस्तै पुँजीकोष अनुपात १३.७९ प्रतिशत, खराब कर्जा शुन्य १७ प्रतिशत, आधार ब्याजदर ८.५२ प्रतिशत, कोषको लागत ६.३८ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ५.२५ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved