चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड Chilime Hydro power Company Limited ले चालु आर्थिक बर्षको पहिलो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको प्रगति विवरणमा खुद मुनाफा करिब १९ प्रतिशतले घटेर २१ करोड ७० लाखमा समित भएको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले २६ करोड ७८ लाख खुद मुनाफा आर्जन गरेको थियो।
कम्पनीको मुख्य आम्दानीको रुपमा लिईने बिद्युत बिक्रिबाट हुने आम्दानी २।९४ प्रतिशतले घटेको छ। यस अवधिमा बिजुली बेचेर कम्पनीले ३५ करोड १० लाख आम्दानी गरेको छ।
यस अवधिमा कम्पनीको खातामा निक्षेप १ अर्ब ५१ करोड पुगेको छ। गत आर्थिक बर्षको तुलनामा यो निक्षेप ४७ प्रतिशतले बढी हो। त्यस्तै कम्पनीले बिभिन्न संलग्न कम्पनीमा ५ अर्ब ९३ करोड लगानी गरेको छ।यस अवधिमा कम्पनीको चुक्ता पुंजी ४ अर्ब ७५ करोड छ भने प्रति सेयर आम्दानी १८ रुपैयाँ २४ पैसा छ।