खुद ब्याज आम्दानी बढ्दा पनि बैंक अफ काठमाण्डुको मुनाफामा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 11:24:12 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३८ करोड ३७ लाख २५ हजार खुद मुनाफा आर्जन गरेको बैंक आफ काठमाण्डु Bank of Kathmandu Limited को मुनाफामा सामान्य गिरावट आएको छ ।  अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ०.८ प्रतिशतले घटेकोे  हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३८ करोड ६८ लाख २३ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १८ करोड ७६ लाख २१ हजार रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ३.७ प्रतिशतले वृद्धि गर्दै ८५ अर्ब ७७ करोड ७७ लाख ८६ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी २.८५ प्रतिशतले वृद्धि गर्दै ७२ अर्ब ४८ करोड ६२ लाख ६७ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७० अर्ब ४७ करोड ८४ लाख ६५ हजार कर्जा लगानी गरेको थियो ।

८ अर्ब ६ करोड ३१ लाख १ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब ४४ करोड ७३ लाख ७ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले ९७ करोड ७३ लाख १५ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ११.३२ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ८७ करोड ७९ लाख ०८ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७५.५९ प्रतिशत, पुँजीकोष अनुपात १४.२९  प्रतिशत, खराब १.७३ प्रतिशत, आधार ब्याजदर १०.०२ प्रतिशत, कोषको लागत ७.२९ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१७ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved