नेपाल बंगलादेश बैकको तीन महिनाको कमाई ४० करोड, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 11:43:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंक Nepal Investment Bank Limited ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले पहिलो तीन महिनामा ४० करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

बैंकले यस अवधिमा गरेको मुनाफा गत आर्थिक वर्षको तुलनामा ३३.३२ प्रतिशतले बढी हो। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ३० करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

बैंकले ४० करोड २५ लाख खुद मुनाफा आर्जन गरेपनि उसको वितरणयोग्य नाफा भने १४ करोड ८६ लाख रुपैयाँ छ। एनएफआरएस अन्तर्गत  बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि २५ करोड ३८ लाख ८५ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा कमी आएको हो।

यस अवधिमा बैंकले ५८ अर्ब ३७ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ७४ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ।  

यसअवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ छ भने बैंकको जगेडा कोषमा तीन अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। त्यस्तै यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १०.२५ गुणा रहेको छ।

त्यस्तै यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.४२ प्रतिशतले बढेर १.९७ प्रतिशत पुगेको छ भने बैंकको आधारदर १०.२० प्रतिशतबाट झरेर  ९.८७ प्रतिशत र कर्जा निक्षेप आम्दानी ७५.७३ प्रतिशत रहेको छ।        


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved