५.९६ करोड नाफा कमाएको देवः विकास बैंकको अनय सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 11:45:43 AM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ९६ लाख ६८ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा १८.५४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ करोड ३ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २ करोड ७९ लाख ३६ हजार रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ०.४ प्रतिशतले वृद्धि गर्दै २१ अर्ब ८६ करोड ९५ लाख १० हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २१ अर्ब ७८ करोड १९ लाख ८३ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी २.७९ प्रतिशतले वृद्धि गर्दै २० अर्ब ६३ करोड ९२ लाख ७८ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० अर्ब ७ करोड ७४ लाख ८५ हजार कर्जा लगानी गरेको थियो ।

३ अर्ब १७ करोड ७१ लाख १ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ३८ करोड ९ लाख ७७ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले २६ करोड ७१ लाख ९१ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ४६.८७ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड १९ लाख २५ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय २६ रुपैयाँ ३ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७७.१७ प्रतिशत, पुँजीकोष अनुपात १४.९२ प्रतिशत, खराब ३.०३ प्रतिशत, आधार ब्याजदर ११.४४ प्रतिशत, कोषको लागत ८.४९ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.५ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved