राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ महीनामा १ अर्ब १२ करोड नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2019 | 11:32:23 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै अर्ब माथि मुनाफा कमाएको छ । बैंकले तिन महीनामा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ०.७६ प्रतिशतले बढीे  हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३० करोड ६३ लाख ११ हजार रहेको छ । बैंकले रेगुलेटरी रिजर्भ बाट ४३ करोड २० लाख रुपैयाँ रिटेन गर्दा खुद मुनाफा भन्दा वितरणयोग्य मुनाफा बढी देखिएकोहो । 

यस अवधिमा १ खर्ब ८७ अर्ब ३६ करोड ७६ हजार निक्षेप रहेको बैंकको आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९० अर्ब ३ करोड १४ लाख ७१ हजार निक्षेप संकलन गरेको थियो । १ खर्ब ४३ अर्ब ३३ करोड ३१ लाख ७९ हजार कर्जा लगानी रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा शुन्य दशमलव ७८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख ४४ हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब ४९ करोड ९५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ७१ करोड ७१ लाख २७ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले २ अर्ब २६ करोड ७८ लाख ९०  हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १२.९९ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब ६० करोड ६४ लाख ४७ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो । नेपाल राष्ट्र बैंकले स्प्रेड रेटमा गरेको कडाइको कारण मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी घटेको हो । 

यस्तै सिसिडि रेसियो ७१.९७ प्रतिशत, पुँजीकोष अनुपात १३.९५ प्रतिशत, खराब ३.५ प्रतिशत रहेको छ । आधार ब्याजदर ६.६ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.९६ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved