स्ट्याण्डर्ड चार्टर्डको नाफा ४ करोडले बढ्यो, कर्जा प्रवाह घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 09:40:48 AM मा प्रकाशित

laxmi sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited  ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको मुनाफामा सामान्य वृद्धि देखिएको छ। 

पहिलो त्रैमासमा बैंकले ६४ करोड ४१ लाख खुद मुनाफा आर्जन गरेको छ। जुन मुनाफा गत आर्थिक बर्षको यसअवधिसंगको तुलनामा ६.२८ प्रतिशतले अर्थात ३ करोड ८२ लाख रुपैयाँले बढी हो। गत आर्थिक बर्षको यसअवधिमा बैंकले ६० करोड ५९ लाख खुद मुनाफा आर्जन गरेको थियो।  

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ४ लाख छ। एनएफआरएस अन्तर्गत बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल १५ करोड ३६ लाख ४० हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा कमी आएको हो। 

यस अवधिमा बैंकले ७५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको तुलनामा बैंकको निक्षेप बढेपनि कर्जा प्रवाह घटेको छ। गत वर्षको बैंकले ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५३ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ९३ करोड ३५ लाख पुगेको छ। जुन गत आर्थिक बर्षको तुलनामा करिब ११ प्रतिशतले बढी हो। यस अवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब १ करोड छ भने जगेडा कोषमा ५ अर्ब १० करोड छ।  

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ २८ पैसा तथा मूल्य आम्दानी अनुपात १७.८२ गुणा छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात ०.२१ प्रतिशतबाट ०.१८ प्रतिशतमा झरेको छ। यस्तै बैंकको आधारदर ७.६३ प्रतिशत, कोषको लागत ५.३२ प्रतिशत र कर्जा निक्षेप अनुपात ६९.९३ प्रतिशत छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved