मेगा बैंकको कारोबार बढ्यो, प्रति सेयर आम्दानीमा पनि सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 09:56:36 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैक Mega Bank Nepal Limited ले चालू आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार बैकको मुनाफा ३ करोड २८ लाख रुपैयाँले बढेको छ। 

पहिलो त्रैमासमा बैंकले ४३ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको छ। यो मुनाफा गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ३ करोड २८ लाखले कम हो। गत बर्षको यस अवधिमा बैंकले ४० करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यस अवधिमा बैंकको बैंकको वितरणयोग्य नाफा ३२ करोड ५६ लाख रुपैयाँ छ। एनएफआरएस अन्तर्गत बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ११ करोड १७ लाख ३९ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफा साढे ३२ करोडमा सिमित भएको हो।

यस अवधिमा बैंकले ७९ अर्ब ८९ करोड निक्षेप संकलन गरी ७१ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत बर्षको यस अवधिसँगको तुलनामा निक्षेप र कर्जा प्रवाहमा सुधार देखिएको छ। गत बर्ष बैंकले ७८ अर्ब ६८ रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।  

यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी १२ करोड ६२ लाख रुपैयाँले बढेको छ। गत वर्ष ९२ करोड ८१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा अहिले १ अर्ब ५ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। 

यस अवधिमा बैंकको चुक्तापुंजी १० अर्ब ३८ करोड ८६ लाख छ भने जगेडा कोषमा १ अर्ब ८५ करोड संचित छ। त्यस्तै १ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ रिटेन्ड अर्निङ्ग रहेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा, मूल्य आम्दानी अनुपात ११.८३ गुणा छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १.०८ प्रतिशतबाट १.४२ प्रतिशतमा उक्लिएको छ।    



 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved