सबै सुचक सकारात्मक रहेको मुक्तिनाथको नाफा किन घट्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 10:09:00 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited को मुनाफामा सामान्य गिरावट आएको छ । गत वर्षको सोही अवधिको १ करोड ३६ लाख ५२ हजारले  नाफा घटेको बैंकले उक्त अवधिमा २० करोड १९ लाख ४ हजार खुद मुनाफा आर्जन गरेको छ । 

बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले वृद्धि हुँदा पनि संचालन खर्चमा वृद्धि हुँदा मुनाफा घटेको हो । ३ महीनको अवधिमा बैंकले ५२ करोड ३६ लाख ७ हजार खुद ब्याज आदानी गरेको छ । यस अवधिमा बैंकको  वितरणयोग्य मुनाफा भने ११ करोड ४३ लाख ३४ हजार रहेको छ ।

बैंकले कर्जा लगानी र निक्षेप संकलनलाई सन्तिुलनमा राख्न सफल भएको छ ।  निक्षेप २ अर्ब ८८ करोडले बढाएको बैंकले सोही अवधिमा कर्जा लगानी ३ अर्ब १२ करोडले बढाएको छ । असोज मसान्त सम्ममा बैंकको कुल निक्षेप ४४ अर्ब  ३५ करोड ५८ लाख र कर्जा  लगानी ४१ अर्ब २६ करोड ७६ लाख रहेको छ । 

३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ७६ करोड ६६ लाख राखेको छ । त्यस्तै बैंकको लगानीकर्तालाई बाँड्न मिल्ने संचित कोषमा ८१ करोड ९९ लाख ६५ हजार रुपैयाँ रहेको छ । 

वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७७.३८ प्रतिशत, पुँजीकोष अनुपात १२.९७ प्रतिशत. रहेको छ । खराब कर्जा ०.१३ प्रतिशत रहेको  बैंकको आधार ब्याजदर ११.०५ प्रतिशत, कोषको लागत ८.५ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.९१ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved