लागत बढ्दा पनि बढ्यो गरिमाको नाफा, प्रतिसेयर आम्दानीमा पनि सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 10:23:47 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले चालू आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको लागत बढ्दा पनि उसको मुनाफा २१ प्रतिशतले बढेको छ। 

पहिलो त्रैमासमा बैंकले १८ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो मुनाफा गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा २१.४२ प्रतिशतले बढी हो। गत वर्षको असोजसम्ममा बैंकले १५ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। यस अवधिमा बैंकसंग सेयरधनीलाई बाड्न मिल्ने मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ । 

यस अवधिमा बैंकले ३५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी समेत ६ करोड २१ लाख रुपैयाँले वढेको छ। 

बैंकको संचालन खर्च ५ करोड ७६ लाख रुपैयाँ भएपनि बैंकको संचालन आम्दानी पनि बढेको छ। त्यस्तै फि तथा कमिसन बाट हुने आम्दानी समेत १ करोडले बढेको छ।       

यस अवधिमा बैंकको चुक्तापुंजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ६३ करोड २० लाख रुपैयाँ छ। गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा ५१ करोड ७३ लाख रुपैयाँ थियो।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँले बढेर २५.१२ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात ८.६० गुणा रहेको छ। त्यस्तै बैंकको आधार ब्याजदर ११.८८ प्रतिशतबाट घटेर ११.२० प्रतिशत कायम भएको छ । त्यस्तै कोषको लागत भने ८.२२ प्रतिशतबाट बढेर ८.४८ प्रतिशत कायम भएको छ। बैंकको कारोबार बढ्दा उसको खराब कर्जाको अंश भने ०.८४ प्रतिशतबाट ०.३६ प्रतिशतमा झरेको छ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved