फर्स्ट माइक्रोफाइनान्सको मुनाफा १९ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 10:01:22 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स First Microfinance Laghubitta Bittiya Sanstha Limited ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ६ करोड ६९ लाख ३५ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा १८.८६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा माइक्रोफाइनान्सले ५ करोड ६३ लाख १६ हजार खुद मुनाफा आर्जन गरेको थियो । 

गत वर्षको सोहि अवधिको भन्दा १७ प्रतिशतले चुक्ता पुँजी बढाएर ८० करोड ७ लाख ४१ हजार पुर्याएको छ । त्यस्तै माइक्रोफाइनान्सले जगेडा कोषमा १७ करोड ४२ लाख ९४ हजार रुपैयाँ छुट्याएको छ । जुन गत वर्षको भन्दा १३.९१ प्रतिशतले बढी हो । 

थोक कर्जा प्रवाह गर्ने माइक्रोफाइनान्सले ५ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट सापट लिएर ५ अर्ब ८४ करोड ७० लाख ९२ हजार कर्जा प्रवाह गरेको छ । माइक्रोफाइनान्सले  गत वर्षको सोहि अवधिमा माइक्रोफाइनान्सले ४ अर्ब ५७ करोड ३ लाख ३६ हजार सापटी लिएर ४ अर्ब ६८ करोड १ लाख २६ हजार कर्जा प्रवाह गरेको थियो । 

६ महिनाको अवधिमा १० करोड ५८ लाख २५ हजार खुद बयाज आम्दानी गरेको माइक्रोफाइनान्सले १० करोड ६० लाख संचालन मुनाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा माइक्रोफाइनान्सले ९ करोड १२ लाख २० हजार खुद ब्याज आम्दानी गरेको थियो भने ८ करोड ८४ लाख ९६ हजार संचालन मुनाफा आर्जन गरेको थियो । 

दोस्रो त्रैमासको अन्त्यमा माइक्रोफाइनान्सको पुँजी कोष अनुपात १६.९२ प्रतिशत, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७७ पैसा र तरलता अनुपात ११.८६ गुणा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved