६ सय प्रतिशतले बढ्यो मन्जुश्री फाइनान्सको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 10:44:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षं दोस्रो त्रैमासमा १४ करोड ३३ लाख ७६ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ९६ लाख ८२ हजार खुद मुनाफा आर्जन गरेको फाइनान्सले गत वर्षको भन्दा करिब १२ करोड ३७ लाखले मुनाफा बढाएको हो । फाइनान्सको दोस्रो त्रैमासको वितरणयोग्य मुनाफा भने ९ करोड ३१ लाख ४० हजार रहेको छ ।

६ महीनाको अवधिमा १९ करोड ६९ लाख ६७ हजार खुद ब्याज आम्दानी गरेको फाइनान्सले १० करोड १ लाख ३१ हजार संचालन मुनाफा आर्जन गरेको छ । गैर संचालन आम्दानीकोे कारण फाइनान्सको खुद मुनाफामा भारी वृद्धि भएको देखिन्छ। ६ महिनाको अवधिमा फाइनान्सको गैर संचालन आम्दानी ९ करोड ८१ लाख ७४ हजार रहेको छ । पुष मसान्त सम्ममा ८१ करोड ८१ लाख ३१ हजार चुक्ता पुँजी रहेको फाइनान्सले जगेडा कोषमा १६ करोड ३५ लाख ५६ हजार र संचित कोषमा ९ करोड ३३ लाख ७० हजार रुपैयाँ राखेको छ ।

पुष मसान्त सम्ममा लघुवित्तले ५ अर्ब ४० करोड ४७ लाख ८९ निक्षेप संकलन गरेर ५ अर्ब ५० करोड ६२ लाख ७१ हजार कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ४ अर्ब ९२ करोड ८६ लाख ६९ हजार निक्षेप संकलन गरेर ५ अर्ब ३२ करोड २९ लाख ८६ हजार कर्जा लगानी गरेको थियो । एक वर्षको अवधिमा फाइनान्सले ९.६६ प्रतिशतले निक्षेप बढाउँदा कर्जा लगानी भने ३.४४ प्रतिशतले बढाएको छ ।

खराब कर्जा ३.४३ प्रसितशत रहेको फाइनान्सको सिसिडि रेसियो ७७.६ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १५.११ प्रतिशत रहेको फाइनान्सको कोषको लागत ९.२६ प्रतिशत, आधार ब्याजदर १.६४ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.२६ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७१ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved