सानिमा बैंकले कमायो अर्ब बढी नाफा , खराब कर्जा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 09:35:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १४ करोड ३९ लाख मुनाफा कमाएको छ । गत आर्थिक बर्षको यसै अवधिमा ९८ करोड २० लाख ८६ हजार मुनाफा कमाएको बैंकले चालु आर्थिक बर्षमा १४.८४ प्रतिशतले नाफा बढाएको हो ।

दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा भने ९५ करोड ९ लाख २२ हजार रहेको छ । बैंकले मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी १३.५४ प्रतिशतले वृद्धि गरेको छ । ६ महिनाको अवधिमा बैंकले २ अर्ब १६ करोड ८० लाख खुद बयाज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड ९४ लाख रहेको थियो ।

बैंकले दोस्रो त्रैमास सम्ममा १ अर्ब ६२ करोड ३८ लाख संचालन मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २३ करोडले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३९ करोड ३७ लाख भन्दा बढी संचालन मुनाफा आर्जन गरेको थियो । पुष मसान्त सम्ममा ८ अर्ब ८० करोड १३ लाख ८० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ४२ करोड २ लाख ५० हजार र संचित कोषमा १ अर्ब १ करोड ७९ लाख ५४ हजार रुपैयाँ राखेको छ ।

पुष मसान्त सम्ममा बैंकले ९९ अर्ब ३० करोड ५ लाख निक्षेप संकलन गरेर ८८ अर्ब ७१ करोड २९ लाख कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख निक्षेप संकलन गरेर ८१ अर्ब ४१ करोड ८९ लाख कर्जा लगानी गरेको थियो ।

गत वर्षको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.२४ प्रतिशत मात्रै रहेकोमा यस बर्ष बढेर ०.४१ प्रतिशत पुगेको छ । बैंकको सिसिडि रेसियो ७८.०५ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १२.७८ प्रतिशत रहेको बैंकको कोषको लागत ७.३३ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.०४ प्रतिशत र आधार ब्याजदर ९.२९ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २६ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३९ रुपैयाँ ०६ पैसा र मुल्य आम्दानी अनुपात १३.१२ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved