१८ प्रतिशतले घट्यो नेपाल बैंकको मुनाफा, लगानी कति प्रतिफलमुलक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 10:31:39 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंक Nepal Bank Limited  को मुनाफा घटेको छ । पुष मसान्तसम्ममा बैंकले १ अर्ब ३५ करोड २४ लाख खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड १५ लाख मुनाफा आर्जन गरेको बैंकको मुनाफा चालु आर्थिक वर्षको सोहि अवधिमा १८.६ प्रतिशतले घटेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ३७ लाख १९ हजार रहेको छ । बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी घट्दा मुनाफा पनि घटेको हो । गत आर्थिक वर्षका सोहि अवधिको तुलनमा समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब १६ करोड ७२ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ७४ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकले कर्जा लगानी सामान्य बढाउदा पनि खुद ब्याज आम्दानी घटेको छ । त्यस्तै स्प्रेड रेटको प्रभाव बैंकको आम्दानीमा परेको देखिन्छ । खुद ब्याज घट्दा बैंकको कुल संचालन आम्दानी र संचालन मुनाफा दुबै घटेको छ ।

गत वर्षको दोस्रो त्रैमासमा २ अर्ब ३१ करोड २५ लाख संचालन मुनाफा आर्जन गरेको बैकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ७३ करोड ४६ लाख संचालन मुनाफा आर्जन गरेको छ । बैंकको गत वर्ष तुलनमा ७ करोड भन्दा बढीले संचालन खर्च कटौति गर्दा पनि नाफा घटेको छ । पुष मसान्त सम्ममा ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख ९४ हजार र संचित कोषमा २ अर्ब ५९ करोड ८२ लाख ९७ हजार रुपैयाँ राखेको छ । त्यस्तै शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख ११ हजार रहेको छ ।

बैंकको निक्षेप सामान्य घटेको छ । गत आर्थिक वर्षको पुष मसान्तमा १ खर्ब १७ अर्ब २० करोड ८ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब १७ अर्ब १२ करोड २९ लाख मात्रै निक्षेप रहेको छ । सोहि अवधिमा बैंकले कर्जा भने ५ अर्ब माथिले विस्तार गरेको छ । पुषमसान्त सम्ममा बैंकको कर्जा लगानी ९८ अर्ब ४५ करोड ९६ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ९२ अर्ब ४२ करोड १६ लाख कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा गत वर्षको दोस्रो त्रैमासमा २.७४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा २.६६ प्रतिशतमा झरेको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७४.९३ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १७.४१ प्रतिशत रहेको बैंकको कोषको लागत ५.१९ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४४ प्रतिशत र आधार ब्याजदर ७.८२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा, प्रतिशेयर नेटवर्थ २ सय ९७ रुपैयाँ ५५ पैसा र मुल्य आम्दानी अनुपात १०.०५ गुणा रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफा र संचित कोषबाट बाँडेको लाभांश चुक्ता पुँजीमा नदेखाउँदा प्रतिशेयर आम्दानी माथि देखिएको हो । गत आर्थि वर्षको मुनाफाबाट बैंकले १५ प्रतिशत बो्नस शेयर दिएको थियो । उक्त लाभाशं पुजिकृत गर्दा बैंकको नेटवर्थ समेत घट्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved