एभरेष्ट बैंकको नाफा डेढ अर्ब नाघ्यो, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 09:57:36 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा डेढ अर्ब नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५.५९ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको यसै अवधिमा बैंकले १ अर्ब ४२ करोड नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा भने ८६ करोड ४९ लाख रहेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप ८.९७ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९.२६ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ८.६६ प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रहेको छ भने रिजर्भमा ९ अर्ब रहेको छ । बैंकको खराब कर्जा ०.१९ प्रतिशतबाट घटेर ०.१६ प्रतिशत कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी (ईपिएस) ३५.४८ रुपैयाँ, प्रति शेयर नेट वर्थ २०६.५३ रुपैयाँ , र मूल्य आम्दानी अनुपात १६.८० गुणा रहेको छ । त्यस्तै बैंकको कोषको लागत ६.४४ प्रतिशत रहेको छ भने बेस रेट ८.४६ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved