१८ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 10:47:24 AM मा प्रकाशित

laxmi  sunrise bank

खुद ब्याज आम्दानी सँगै संचालन आम्दानीमा वृद्धि हुँदा कुमारी बैंक Kumari Bank Limited  को मुनाफा १८.७५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६७ करोड ६२ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको मसान्त सम्ममा बैंकले ८० करोड ३० लाख ११ हजार खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६५ करोड ८५ लाख ९४ हजार रहेको छ ।

बैंकले मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी २०.१६ प्रतिशत र संचालन आम्दानी २८.४६ प्रतिशतले वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८२ करोड ३० लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको थियो । संचालन आम्दानी ४८ करोडले बढाएको बैंकको संचालन मुनाफा भने साढे १६ करोड वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकले १ अर्ब १३ करोड ४१ लाख संचालन मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा ९६ करोड ६१ लाख संचालन मुनाफा आर्जन गरेको थियो ।

पुष मसान्त सम्ममा ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब २४ करोड ४८ लाख ८८ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा ६८ करोड २८ लाख २५ हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा ७३ अर्ब २० करोड ११ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा ८० अर्ब ६७ करोड ५३ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी ८० अर्ब ९२ करोड ५३ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ७३ अर्ब २० करोड ११ लाख कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा १.०४ प्रतिशत रहेको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७८.०७ प्रतिशत, पुँजीकोष अनुपात ११.५२ प्रतिशत रहेको बैंकको कोषको लागत ७.५ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.३७ प्रतिशत र आधार ब्याजदर १०.४५ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३० रुपैयाँ ६४ पैसा र मुल्य आम्दानी अनुपात ११.३० गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved