८ अर्बको आईपिओ निष्काशन गर्न लागेको पूर्वाधार बैंकको यस्तो छ प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 07:49:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुर्वाधार बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४० करोड ३३ लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकले ५८ करोड २६ ९४ हजार कर्जा लगानी गर्दा मुनाफा भने ४० करोड माथि कमाएको छ ।

पुर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापना भएको बैंकले लगानी विस्तार गर्ने भन्दा पनि अन्य बैंकमा निक्षेप राखेर आम्दानी गरेको देखिन्छ । बैंकले ११ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामा राखेको छ ।

पुष मसान्त सम्ममा बैंकले २५ करोड निक्षेप संकलन गरेको छ । १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब २९ करोड ८० लाख २९ हजार रहेको छ । अन्य बैंकमा राखेको निक्षेप तथा कर्जा लगानी बाट ६२ करोड ८३ लाख ८९ हजार आम्दानी गर्दा खुद ब्याज आम्दानी भने ६१ करोड ७१ लाख ३४ हजार रहेको छ ।

८ अर्बको आईपिओ निष्काशन तयारी 

बैंकले ८ अर्बको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । बैंकले ८ अर्व बराबरको  प्रति शेयर सय रुपैयाँ अंकित  दरको आठ करोड कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । नेपाल इन्फ्रास्ट्रचर बैंक  नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठुलो सार्वजनिक निष्काशन हुनेछ । बैंकको अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्व हुनेछ । आईपिओ निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने नागरिक लगानी कोष अण्डरराइटर्स गरेको छ ।   

मुलुक भित्र तथा मुलुक बाहिरबाट दिर्घकालिन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको  बैंकले जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी  गर्दै जाने योजना बनाएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved