ब्यवसाय विस्तार गर्न नसक्दा घट्यो इन्भेष्टमेन्ट बैंकको मुनाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 10:20:54 AM मा प्रकाशित

laxmi  sunrise bank

खुद ब्याज आम्दानी घट्दा नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited को खुद मुनाफा पनि घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले १ अर्ब ६६ करोड ६१ लाख १२ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा १५.६६ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ८४ करोड ३४ लाख १२ हजार रहेको छ । 

१० अर्ब कर्जा विस्तार गर्दा तथा कर्जा र निक्षेप बीचको ब्याजको अन्तर बढ्दा पनि बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । जसको प्रभाव बैंकको मुनाफामा परेको देखिन्छ । गत आर्थिक वर्षको पुष मसान्तमा सरकारी बचतपत्रमा गरेको लगानी सहितको स्प्रेड रेट ४.२४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर ४.४१ प्रतिशत पुगेको छ । 

 बैंकको कर्जामा सामान्य वृद्धि भएपनि निक्षेप भने बढ्न सकेको छैन । गत वर्ष १ खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार रहेको बैंकको कर्जा लगानी चालु आर्थिक वर्षमा वृद्धि भएर १ खर्ब ३२ अर्ब ६० करोड ३८ लाख ८५ हजार पुगेको छ । बैंकको निक्षेप भने गत वर्ष १ खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार रहेकोमा सामान्य वृद्धि १ खर्ब ४९ अर्ब ९५ करोड २७ लाख ४२ हजार पुगेको छ । 

ब्यवसाय विस्तार गर्न नसकेको बैंकले चाखु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ३ अर्ब ६ करोड ३४ लाख दुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोड ३२ लाख रहेको थियो ।  बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य संचालन आम्दानी १० करोडले बढाउँदा कुल संचालन आम्दानी भने गत वर्षको भन्दा १३ करोडले मात्रै कम रहेको छ । तर बैंकको  बैंकले सम्भावित जोखिम वापतको ब्यबस्थाको लागि गत वर्षको भन्दा २६ करोड बढी छुट्याउँदा  खुद संचालन आम्दानी सँगै सैचालन मुनाफा पनि प्रभावित भएको छ । 

बैंकले पुष मसान्तमा ३ अर्ब ६७ करोड ४८ लाख संचालन आम्दानी गर्दा २ अर्ब ३८ करोड ९ लाख संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ७ करोड ८१ लाख खु संचालन आम्दानी र २ अर्ब ८४ करोड ३८ लाख संचालन मुनाफा आर्जन गरेको थियो । 

पुष मसान्त सम्ममा १४ अर्ब २२ करोड १० लाख ७३ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब १० करोड २६ लाख ४८ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा १ अर्ब ८१ करोड ४१ लाख ४६ हजार र शेयर प्रिमीयममा ३ करोड २५ लाख ९९ हजार रहेको छ । 

बैंकको खराब कर्जामा पनि वृद्धि भएको छ । गत वर्ष २.०४ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा वृद्धि भएर २.९० प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७५.३९ प्रतिशत, पुँजीकोष अनुपात १३.३७ प्रतिशत रहेको बैंकको कोषको लागत ६.३७ प्रतिशत र आधार ब्याजदर ८.५३ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ८४ रुपैयाँ ३ पैसा र मुल्य आम्दानी अनुपात १७.२८ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved