सिभिल बैंक सुधारोन्मुख बाटोमा: शाखा बिस्तारमा आक्रामक, ग्राहकको सङ्ख्या बर्षमै दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 03:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्यवसाय विस्तारमा उल्लेख्य प्रगति गर्दा पनि संचालन खर्चमा वृद्धि हुँदा सिभिल बैंक Civil Bank Limited को मुनाफा घटेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकले ३१ करोड ६० लाख खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा १५ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा बैंकले ३७ करोड माथि मुनाफा आर्जन गरेको थियो। 

गत वर्ष जम्मा शाखा संख्या ७१ मात्र रहेकोमा बैंकको दीर्घकालीन रणनीतिक योजना अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भइ जम्मा शाखा संख्या १०२ पुगेको छ । निकट भविष्यमा अझै थप १७ वटा शाखा खुल्दैछन् । 

द्रुत गतिमा शाखा विस्तार भएकोले गर्दा सोही बमोजिम कर्मचारी खर्च लगायत समग्र संचालन खर्च बढ्न गएकोले तत्कालीन रुपमा नाफामा केहि असर पर्न गएको देखिएको हो। बैंकको नाफा घटेपनि यो क्षणिक असर मात्र भएको बैंकले जनाएको छ। भर्खरै खुलेका ३१ वटा नयाँ शाखाहरु लगायत नयाँ खुल्ने शाखाहरुले  विस्तारै व्यवशाय वृद्धि गर्दै लगेपछि नाफा बढ्दै जाने अपेक्षा गर्न सकिन्छ।

गत आर्थिक वर्षमा ७ सय ५१ कर्मचारी रहेकामा चालु आर्थिक वर्षमा बढेर ९ सय ५९  जना पुगेका छन भने शाखा ७१ वटाबाट बढेर १०२ वटा पुगेको छ । जसले गर्दा बैंकको संचालन खर्चमा वृद्धि भएको छ । बैंकले ब्यवसाय विस्तारमा लगानी गरेकोले दिर्घकालिन रुपमा राम्रै रहेको देखिन्छ ।

बैंकले आफ्नो ग्राहक वेशलाई पनि बलियो बनाउँदै लगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २ लाख ६७ हजार ३ सय ५९ रहको बैंकको ग्राहक चालु आर्थिक वर्षको सोहि अवधिमा करिब ५४ प्रतिशतले बढेर ४ लाख १२ हजार ८ सय १९ पुगेको छ । 

बैंक ब्यवसाय विस्तारमा भने सफल देखिएको छ । गत पुष मसान्तमा ४२ अर्ब रहेको निक्षेप चालु आर्थिक वर्षको सोहि अवधिमा २१ प्रतिशतले बढेर ५२ अर्ब पुगेको छ । यस्तै कर्जा लगानी  पनि गत वर्ष ४४ अर्ब रहेकोमा १४ प्रतिशतले बढेर ५० अर्ब माथि पुगेको छ । यस अवभिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले वृद्धि भएर  १ अर्ब १९ करोड पुगेको छ । गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रहेको थियो । 

खुद ब्याज आम्दानी सँगै बैंकको संचालन आम्दानी र संचालन मुनाफामा पनि वृद्धि भएको छ । पुष मासन्त सम्ममा बैंकले १ अर्ब ३६ करोड कुल संचालन आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ९ प्रतिशले बढी हो । गत वर्ष बैंकले १ अर्ब ३० करोड कुल संचालन आम्दानी गरेको थियो । यस अवधिमा बैंकको संचालन मुनाफा भने २१ प्रतिशतले वृद्धि भएर १ अर्ब ७ करोडबाट १ अर्ब २७ करोड पुगेको छ । 

बैंकको पुँजीकोष अनुपात घटेपनि लगानी विस्तार गर्ने ठाउँ पर्याप्त रहेको छ । पुँजीकोष १८.९६ प्रतिशतबाट घटेर १५.९२ प्रतिशत कायम भएको छ । बैंकले खराब कर्जामा समेत सुधार गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३.५४ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर २.६९प्रतिशत कायम भएको छ । 

कोष लागत ८.२० प्रतिशतबाट घटेर ८.१९ प्रतिशत कायम भएको बैंकको आधार ब्याजदर ११.३१ प्रतिशत बाट घटेर १०.९८ प्रतिशत कायम भएको छ । यस्तै बैंकको सिसिडि रेसियो ७७.४६ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved