२० प्रतिशतले बढ्यो बैंक अफ काठमाण्डुको मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 11:16:20 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डु Bank of Kathmandu Limited को मुनाफामा वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकले ८८ करोड ३८ लाख १७ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षो सोहि अवधिको भन्दा १९.८३ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ७३ करोड ७५ लाख ४९ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ५९ करोड ८२ लाख ४७ हजार रहेको छ ।  

खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि वृद्धि हुँदा बैंकको संचालन आम्दानी र संचालन मुनाफा पनि बढेको छ । यस्तै सम्भावित कर्जा जोखिम वापतको बयवस्थामा कटौति हुँदै बैंकको खुद संचालन आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।  बैंकले पुष मसान्त सम्ममा १ अर्ब ९३ करोड २७ लाख ९० हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १६ करोडले बढी हो । गत वर्ष बैंकले यस अवधिमा १ अर्ब ७६ करोड ९१ लाख १२ हजार खुद ब्याज आर्जन गरेको थियो । 

खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैकको कुल संचालन आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १८ करोड १४ लाख कुल संचालन आम्दानी गरेको बैंकले चालु वर्षको सोहि अवधिमा २ अर्ब ४० करोड ५५ लाख कुल संचालन आमदानी गरेको छ । 

सम्भावित कर्जा जोखिम वापतको ब्यवस्थाको लागि गत वर्ष करिब २४ करोड  ४८ लाख छुट्याएकोमा बैंकले यो वर्ष ३ करोड १६ लाख मात्रै छुट्याएको छ । जसले गर्दा बैंकको खुद संचालन आम्दानीमा भने उल्लेख्य वृद्धि भएको छ । गत वर्ष १ अर्ब ९३ करोड ६६ खुद संचालन आम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा करिब २ अर्ब ३७ करोड ३९ लाख खुद संचालन आम्दानी गरेको छ । तर संचालन खर्चमा वृद्धि हुँदा बैंकको संचालन मुनाफा भने २१ करोडले मात्रै बढेको छ ।  पुष मसान्त सम्ममा बैंकले १ अर्ब २६ करोड २६ लाख संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ४ करोड ८७ लाख संचालन मुनाफा आर्जन गरेको थियो । 

८ अर्ब ४७ करोड ६८ लाख ८७ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब ५१ करोड २७ लाख ७१ हजार रहेको छ । यस्तै संचित कोषमा ६० करोड २४ लाख ४२ हजार रहेको छ । पुष मसान्त सम्ममा बैंकले ८९ अर्ब २० करोड ७३ लाख निक्षेप संकलन गरेर ७६ अर्ब ८९ करोड २७ लाख कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको निक्षेप ८२ अर्ब ७२ करोड २० लाख र  कर्जा लगानी ७० अर्ब ४७ करोड ६९ लाख रहेको थियो । 

बैंकको पुँजीकोष १४.६१ प्रतिशबाट घटेर १३.८० प्रतिशत कायम भएको छ । यस्तै सिसिडि रेसियो ७६.२३ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १.५४ प्रतिशत रहेको छ । यस्तै कोषको लागत ७.३६ प्रतिशत र आधार ब्याजदर ९.९९ प्रतिशत रहेको छ । बैंकको स्प्रेड रेट ५.०३ प्रतिशत रहेको छ । यस्तैे प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५९ रुपैयाँ ८५ पैसा र  मुल्य आम्दानी अनुपात ११.१२ गुण रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved