ग्लोबलको ब्यालेन्ससिटमा देखियो जनतासँगको मर्जर इफेक्ट, नाफासँगै ब्यापारमा उल्लेख्य प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 04:39:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ अर्ब १५ करोड मुनाफा आर्जन गरेको छ। बैंकको यो मुनाफा गत आर्थिक बर्षको तुलनामा ४४.३६ प्रतिशतले बढी हो। 

ग्लोबल आइएमईले प्रस्तुत गरेको तेस्रो त्रैमासको मुनाफामा मर्जमा तत्कालिन जनता बैंकको तेस्रो त्रैमासको मुनाफा समेत सामेल गरिएको बैंकले जनाएको छ। 

यस अवधिमा बैकको वितरणयोग्य मुनाफा ५७ करोड ९५ लाख रहेको छ। कोरोनाको महामारीका कारण कर्जा असुलीमा असर परेपछि वितरणयोग्य मुनाफा प्रभावित भएको हो।    

यस अवधिमा बैंकले गत आर्थिक बर्षको तुलनामा करिब ६६ प्रतिशतले वृद्धि गरि २ खर्ब १ अर्ब निक्षेप संकलन गरेको छ भने ७९ प्रतिशतले बढाएर १ खर्ब ९० करोड कर्जा लगानी गरेको छ। 

बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी २ अर्ब ३८ करोडबाट बढेर ६ अर्ब पुगेको छ। जनता बैंकसँग मर्जरका कारण निक्षेप, कर्जा तथा खुद ब्याज आम्दानी बढेको बैंकले जनाएको छ।   

यस अवधिमा बैंकको चुक्ता पुंजी १८ अर्ब ९७ करोड रहेको छ भने जगेडामा ९ अर्ब ६१ करोड रहेको छ। त्यस्तै खराब कर्जा अनुपात १।१४ प्रतिशत रहेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ १६ पैसा, प्रति सेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा तथा मुल्य आम्दानी अनुपात १२ दशमलब ५० गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved